देहरादून: उत्तराखण्डमा आगामी केही दिनसम्म वर्षाको सिलसिला जारी रहनेछ। मौसम विभागद्वारा राज्यको निम्ति आगामी २७ जुलाईसम्म वर्षाको यल्लो अलर्ट जारी गरिएको छ। यस अवधि घनघोरभन्दा घनघोर वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। साथै कतिपय क्षेत्रमा मेघ गर्जनसितै बज्रपात अनि तीव्र वर्षा भएको देखिनेछ। टौंस नदी (मोरी)-को जलस्तर चेताउनीको रेखादेखि माथि बगिरहेको छ।
राज्य आपातकालीन परिचालन केन्द्रका उपसचिव/ड्यूटी अफिसर प्रदीप कुमार शुक्लले बताएअनुसार, वर्षाको कारणले आइतवार टौंस नदी (मोरी) चेतावनीको निशानदेखि माथि बगिरहेको छ। उत्तरकाशी जिल्लाधिकारीलाई जलस्तरको निगरानीसितै सतर्कता अप्नाउने निर्देशि दिइएको छ। मौसम विभागद्वारा जारी पूर्वानुमानअनुसार राज्यका गढ़वाल र कुमाऊँ दुवै मण्डलहरूमा आगामी २७ जुलाईसम्म घना वर्षा, बज्रपात हुनसक्छ। यस अवधि सम्वेदनशील क्षेत्रहरूमा कहीँ-कतै पैह्रो गएर वा चट्टान झरेर सड़कहरू अवरूद्ध हुने तथा जलभराउको स्थिति उत्पन्न हुनसक्छ। मौसम विभागका निदेशक डा. बिक्रम सिंहको भनाइ छ, आगामी २४ र २५ जुलाईमा राज्यका केही भागहरूमा मुसलधारे पानी पर्ने आशा छ। आगामी २५ जुलाईदेखि प्राकृतिक गतिविधिमा कमी आउनेछ।









