२१ जुलाईको सभाबाट अहिलेसम्म घर फर्केनन् तृणमूल कार्यकर्ता, परिजन चिन्तामा

IMG-20230410-WA0169-11-300x172-7

उत्तर 24 परगनाः गत २१ जुलाईको दिन तृणमूल कांग्रेसको सभामा भाग लिन पुगेको तृणमूल कांग्रेस कार्यकर्ता आइतवार बिहानसम्म आफ्नो घर फर्केन। यसलाई लिएर उसका परिजन चिन्तित छन्।

परिजनहरूको भनाई छ, अबू तालेब मोल्ला (५०) उत्तर २४ परगना जिल्ला अन्तर्गत मिनखा थानान्तर्गत पश्चिम जयग्रामबाट अन्य तृणमूल कार्यकर्ताहरूको साथ शहीद दिवसको ऱ्यालीमा सामेल हुन गएको थियो। उनको साथमा गएका अन्य सबै घर फर्केर आएका छन् तर उनी अहिलेसम्म फर्केका छैनन्।

जब उनीहरू मामिलाको शिकायत लिएर मिनखा थाना पुगे तब उनलाई कोलकाता पुलिससित सम्पर्क गर्नलाई भनियो। यद्यपि, मौखिक शिकायतको आधारमा पुलिसले तृणमूल कार्यकर्ताहरूसित सोधपुछ गरिरहेछ, जसको साथ अब तालेब गएका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement