बुङकुलुङमा हुने ओपन नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी

IMG-20230723-WA0213.jpg

२३ जुलाईः न्यू जेनेरेशन फूटबल एसोसिएशनको आयोजनमा बुङुकुलुङमा हुने ओपन नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी गरिएको छ। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिनेछन्। टुर्नामेण्टको उद्घाटन म्याच ३० जुलाईमा हुनेछ। यसरी नै फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement