दोस्रो टेस्ट बचाउन वेष्ट इण्डिजको संघर्ष जारी

IMG-20230723-WA0226.jpg

२३ जुलाईः कप्तान क्रेग ब्रेथवेट (७५ रन)-को अगुवाईमा वेष्ट इण्डिजले भारत विरुद्ध दोस्रो टेस्ट म्याच बचाउने संघर्ष जारी राख्यो। पोर्ट अव् स्पेनमा जारी टेस्ट म्याचको दोस्रो दिन वेष्ट इण्डिजले खेल समाप्त हुँदासम्म ५ विकेट गुमाएर २२९ रन बनायो। एलिक अथानाजे ३७ र जेसन होल्डर ११ रनमा अविजित छन्। भारतले आफ्नो पहिलो ईनिंग्समा ४३८ रन बनाएको थियो। यसरी आयोजक वेष्ट इण्डिज अहिले पनि पहिलो ईनिंग्सको आधारमा २०९ रन पछि रहेको छ जबकि हातमा ५ विकेट बाँचेको छ। दुईवटा टेस्ट म्याचको सीरीजमा भारत अहिले १-०-ले अघि रहेको छ। दोस्रो टेस्टमा टीमलाई हारको सम्मुखीन हुनदेखि बचाउने अभियानमा क्यारेबियन टीमलाई अगुवाई गर्ने कप्तान ब्रेथवेटले २३५ बल खेलेर ७५ रन बनाए। उनले ५ वटा चौका र एउटा छक्का लगाए। भारतीय बलरहरूमा रविन्द्र जडेजाले सर्वाधिक २ विकेट हासिल गरे। यसबाहेक मोहम्मद सिराज, रविचन्द्रन अश्विन र पदार्पण टेस्ट खेलिरहेका मुकेश कुमारले १-१ विकेट लिए।
शनिवार दोस्रो दिनको स्कोर १ विकेटमा ८६ रनदेखि अघि खेल्दै वेष्ट इण्डिजले पहिलो सत्रको खेलमा किर्क म्याकेञ्जीलाई गुमायो। म्याकेञ्जीले ३२ रनको योगदान दिए। म्याकेञ्जीलाई आउट गरी मुकेश कुमारले आफ्नो पहिलो टेस्ट विकेट हासिल गरे। टीमको स्कोर ११७ पुग्दा दोस्रो विकेटको पतनपछि ब्रेथवेटले जेरेमी ब्ल्याकवुडसँग मिलेर चरम डिफेन्सिभ ब्याटिंग शुरु गरे। यी दुईले तेस्रो विकेटको निम्ति ४० रन योग गरे। अर्द्धशतक पूरा गरेपछि ब्रेथवेट भारतीय स्पिनर अश्विनको बलमा बोल्ड भए।

त्यसपछि जडेजाले ब्ल्याकवुड (२० रन)-लाई आउट गरी भारतलाई चौथो सफलता दिलाए। जोशुआ डीसिल्वा १० रन बनाएर आउट भए। त्यसपछि अथानाजे र होल्डरले मिलेर छैटौं विकेटको निम्ति २१ रनको अटूट पार्टनरशीप गरी वेष्ट इण्डिजलाई दिनको अन्तसम्म थप नोक्सानको सम्मुखीन हुनदेखि बचाए।

About Author

Advertisement