कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको राजाभातखावा, निमती र हेमिल्टनगञ्ज रेञ्जको संयुक्त अभियानमा शनिबार कालचिनी खण्डको चिन्चुला ३ नम्बर लाईन र मेचपाड़ा ८ नम्बर लाईनमा पसेर प्रायः ७० सीएफटी सगुनको काठ सहित मूल्यवान फर्नीचरहरू बनकर्मीहरूले उद्धार गरेको बन विभागले जनाएका छन्।
शनिबार बिहान ८ बजीदेखि बनकर्मीहरू चिन्चुला र मेचपाड़ामा पसेको थियो भने अभियान चलाउँदा मूल्यवान काठ र फर्नीचरहरू फेला परेको बन विभागले जनाएका छन्। यद्यपि यस सम्बन्धमा कसैलाई पक्राउ गर्न नसकिएको रेञ्ज अधिकारीहरूले जनाएका छन्। जफत गरिएका फर्नीचर र काठहरू सबै साल र सयगुणको रहेको र यसको बजार मूल्य लगभग अढ़ाई लाख बराबर रहेको बन विभागले जनाएका छन्।