जंगली हात्तीको उत्पातले श्रमिकको घर ध्वंस

9612ff7c-39f2-4a0e-86a8-6854c2d25cf5

कालचिनीः शुक्रबार राती प्रायः १ बजी बुथुरी जंगलबाट आहारको खोजीमा राधारानी चियाबारी गाउँमा पसेको एक्ले हात्तीले राधारानी चियाबारीका श्रमिक फुलजेन टेटेको घर जम्मै भत्काएर तहस नहस गरीदिएको घटना प्रकासमा आएको छ। मध्यराती गाउँभित्र पसेको उक्त एक्ले हात्तीले यसरी श्रमिक फुलजेन टेटेको घर सबै तहस नहस पार्दा भाग्यले टेटे परिवार भागेर ज्यान बचाउन सक्षम भएको थियो।
पीड़ित फुलजेन टेटे र तिनको पत्नी जुसपिन टेटेले हात्तीले घरको भित्ता फोरेर घरभित्रको सुत्ने खाट सोकेस र भाँड़ाकुड़ा सबै क्षतिग्रस्त बनाएको र राखेको रासन सामग्री सबै सफाचट पारेकोले बन विभागले यसको भरपाई गर्नु पर्ने दाबी गरेका छन्।

About Author

Advertisement