मणिपुर भायरल भीडियोमाथि बोलिन् स्मृति ईरानी

Smriti_Irani-Central-Minister_-_2019

नयाँ दिल्ली: मणिपुर भायरल भीडियोलाई लिएर केन्द्रीय मन्त्री स्मृति ईरानीले कंग्रेसमाथि लक्षित गर्दै भनिन्, ‘यस सम्वेदनशील मुद्दामा विपक्ष संसदमा चर्चा गर्न चाहँदैनl’ उनले शनिबार भनिन्, ‘मणिपुर भायरल भीडियो मुद्दा सम्वेनशील मात्र नभएर यसले राष्ट्रिय सुरक्षामाथि पनि प्रभाव पर्दछ। विपक्षी नेताहरूलाई यसबारे जानकारी छ तथापि उनीहरू यस मुद्दामा संसदमा चर्चा गर्न चाहँदैनन्l’

स्मृतिले भनिन, ‘सरकार मणिपुर मामिलामा संसदमा चर्चा गराउन चाहन्थ्यो, तर आश्चर्यको कुरा यहाँ के छ भने विपक्षले यसलाई अस्वीकार गरिदियो। राजस्थान सरकारमाथि प्रहार गर्दै ईरानीले भनिन्, यो अत्यन्त चिन्ताजनक कुरा हो कि गए शुक्रबार राज्यका एकजना मन्त्रीले राज्यमा महिलाहरूविरूद्ध भएको अपराधलाई लिएर कुरा गरेका थिए, जसलाई कांग्रेसद्वारा अनौपचारिक रूपमा बर्खास्त गरियो। कांग्रेस राजस्थानमा महिलाहरूविरूद्ध भइरहेको अत्याचारको बारेमा केही पनि सुन्न चाहँदैनl’ उनले भनिन्, ‘मणिपुरको जस्तै आश्चर्यचकित पार्ने एउटा भीडियो पश्चिम बंगालको मालदाबाट आइरहेको छ जहाँ दुईजना दलित महिलाहरूको हत्या गरिँदैछ। ती महिलाहरूमाथि हातपात गरी निर्वस्त्र बनाइँदैछ। कंग्रेस पश्चिम बंगाल पंचायत चुनाव अवधि भएको मानिसहरूको हत्याको मामिलामा मूकदर्शक भएर बस्यो, किनभने कंग्रेस टीएमसीको समर्थनमा छl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement