मटिल्डा राई द्वारा लिखित ‘जीवनका केही रेखा केही रंग’ पुस्तकहरू २ भागमा विभाजीत रहेको छ। यस दुई पुस्तकहरुमा वहाँले आफूले भोगेका जीवनका तितामिठा अनुभवहरू, आफूले नयाँ नयाँ ठाउँहरूको भ्रमण गरेका अनुभवहरू, आफू विद्यार्थी छँदाको समयदेखि लिएर पछि गएर आफू पेसागत रूपले शिक्षिका हुँदाको समयहरुमा आफूले अनुभव गरेका कुराहरू बारे संस्मरण लेखेका छन्।
यस संस्मरण पुस्तक ‘जीवनका केही रेखा केही रंग’को प्रथम भाग पुस्तक पहिलो चोटी जनवरी २००१ मा प्रकाशित भएको थियो र यसका प्रकाशन लाशा शेर्पाद्वारा लाशा प्रकाशन खरसाङबाट प्रकाशित गरिएको थियो भने यसको दोस्रो संस्करण मार्च २०१८ मा ग्राफिक प्रिन्टर्स, दुर्गागडी, सिलगढीबाट प्रकाशित गरिएको थियो। यसै गरी ‘जीवनका केही रेखा केही रंग’ पुस्तकका दोस्रो भागको संस्करण पनि लाशा प्रकाशन खरसाङबाट नै प्रकाशित भएको थियो र यसको पहिलो संस्करण २०१८ मा प्रकाशित भएको थियो र यस पुस्तकको पहिलो भाग र दोस्रो भाग यी दुवै पुस्तक नै संस्मारानतमाक पुस्तक रहेको छ। यस पुस्तकको प्रथम भागमा ३१ वटा अध्याय रहेको छ भने १४० पृष्ट उक्त पुस्तकमा रहेको छ। यसै गरी ‘जीवनका केही रेखा केही रंग’ पुस्तकको दोस्रो भाग पुस्तकमा २३ वटा अध्याय र ११० पृष्ट रहेको छ यसरी नै यस पुस्तक को दोस्रो भागमा केही चिट्ठीचपेटाहरु पनि रहेको छ, जसमा अन्य धेरै नेपाली साहित्यका लेखकहरूको शुभकामना सन्देशहरू पनि यस पुस्तकको लेखिकालाई लेखिएको छ। यसै गरी यस पुस्तकको अन्तिम पृष्ठहरूमा लेखिका घुम्न गएको विभिन्न ठाउँहरूमा फोटो खिचेको रंगीन तस्वीरहरू रहेको छ। समग्र रूपमा हेर्दा यस पुस्तकहरू प्रथम भाग र दोस्रो भाग पुस्तकहरु केही मझौला आकारका पुस्तकहरू रहेका छन्।
मटिल्डा राईको यी दुई पुस्तकहरू हेर्दा वहाँलाई भ्रमण गर्न धेरै रुचि रहेको कुरा हामीलाई थाहा लाग्ने गर्दछ। हुन त यी पुस्तकहरुमा उनी धेरै विकशित राष्ट्रहरू घुमेको प्रसङ्गहरु धेर नहोला युरोप, अमेरिका, घुमेको प्रसङ्गहरु यस पुस्तकमा नहोला खाली यी दुई पुस्तक मध्ये खाली यस पुस्तकको दोस्रो भागमा चिलगाडी नामक शीर्षक भएको संस्मरणमा मात्रै वहाँले केही विकशित देशहरुतिर घुमेको प्रसङ्ग रहेको छ। हुन त उनी नेपाल र भुटान तिर घुमेको प्रसङ्ग हरु पनि यस पुस्तकमा धेरै छन् तर नेपाल र भुटान त भारतको छिमेकी राष्ट्रहरूको रूपमा रहेको छ फेरि भएन नेपाल र भुटान त भारत देखि बेग्लै राज्य भए पनि हाम्रो निम्ति केही हदसम्म स्वदेश जत्तिकै नै छ तर विदेश वा फरेन भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा सबैभन्दा पहिले विश्वका विकशित राष्ट्रहरू युरोपमा रहेका देशहरू, अमेरिका, अरब देशहरू, हङ कङ, थाइल्याण्ड, सिंगापुर जस्ता देशहरूको छबि हाम्रो मस्तिष्कमा आइहाल्ने गर्दछ र यस्तो विकशित राष्ट्रहरूको भ्रमण यी दुई पुस्तक मध्ये मात्रै एउटै शीर्षकमा एउटै लेख रहे पनि अन्य भ्रमण गरिएको ठाउँहरु चाहे त्यो ठाउँहरु बेसी टाडो नभएर दार्जीलिङ भेगका वरिपरिका ठाउँहरु किन नहोस्, कालेबुङ, डूवर्स र सिक्किम क्षेत्रका ठाउँहरु नै किन नहोस् वहाँले ती ठाउँहरूमा भ्रमण गर्न गएको लेखहरू बारे एकदमै रोचक प्रकारले लेखेका छन् आफू बसोबास गरेको नजिकैको वरिपरि घुम्न गएका ठाउँहरु जस्तै सिक्किमको छाङ्गु लेक, गुरु दोङमार ग्लासियर देखि लिएर कालेबुङको सुदुर ठाउँ तोदे देखि लिएर दार्जीलिङको टाईगर हिलमा घाम उदाएको हेर्न गएको कुराहरू उनले यी पुस्तकहरुमा लेखेका छन्। यसै गरी भारतको विभिन्न ठाउँहरू घुमेको वर्णन जस्तै कहिले दक्षिण भारतको भ्रमण, कहिले अण्डमान एवं निकोबार द्वीपमा भएको कालापानी क्षेत्रमा भ्रमण गर्न गएको विवरण त कहिले भारतको उत्तरी भाग जम्मू र कश्मीर को वैष्णव देवीको भ्रमण गरेको कुराहरूको वर्णन त कहिले भारतको पूर्वीय भागमा पर्ने गुवाहाटी क्षेत्रमा भ्रमण गर्न गएको कुराहरुको उल्लेख उनले यी पुस्तकहरुमा गरेका छन्। भ्रमण गर्दा कहिले आफ्नो साथीहरू सित त कहिले लेखिकाले माया गरेर संबोधित गरिने बानर सेना अर्थात् लेखिकाको छात्राहरुसित उनी भ्रमण गर्न गएका छन्। भनिन्छ ‘नजिकैको तिर्थलाई हेला’ भन्ने एउटा विचार रहेको छ हुन पनि हो हामी नजिकैको ठाउँमा भएको रमणीय ठाउँहरु तिर घुम्न जाने गर्दैनौ तर हामीदेखि टाढा टाढा रहेका ठाउँहरूमा नै हामी धेरै पैसा खर्च गरी गरी घुम्न जाने गर्दछौ र यसैले नै यो उखान बनियो होला ‘नजिकैको तीर्थ लाई हेलाl’ तर लेखिकाले आफु बसेको नजिकैको तीर्थ रूपी भ्रमण गर्ने ठाउँहरु लाई हेला गरेका छैनन् आफ्नो कर्म थलो सिक्किम र आफ्नो जन्मथलो खरसाङ र आफूले धेरै समय बिताएका डूवर्स क्षेत्रहरू नजिकैको भ्रमण गर्ने ठाउँहरु मा पनि लेखिका भ्रमण गर्न गएका छन्। यी दुई पुस्तकहरुमा लेखिकाले भ्रमण गरेको कुरा संगैमा लेखिकाको बाल्यकाल कसरी बित्यो उनी कहा जन्मिए कहा हुर्कीए, कुन स्कूलमा उनले अध्यन गरे र उनी पेसागत रूपमा के काम गार्थियें भन्ने कुराहरू पनि हामी जान्न सक्छौ। जस्तै उनको जन्म खरसाङ स्थित सन्त मेरिस हिलमा भएको त्यस पछि उनी खरसाङ स्थित खरसाङको प्रसिद्ध पाठशाला सन्त जोसेफ कन्या पाठशालामा आफ्नो अधिकांश स्कुले जीवन बिताएको कुरा, त्यस पछि दार्जीलिङ स्थित दार्जीलिङ सरकारी महाविद्यालय बाट नेपाली विषय लिएर स्नातक सम्मको पढाई गरेपछि त्यसपछी शिक्षकको रूपमा अन्य ठाउँहरूमा अस्थायी रूपमा काम गरेपनि उनले स्थायी रूपमा उनले काम गरेको ठाउँ सिक्किम स्थित पाल्जर नामग्याल उच्चतर माध्यमिक कन्या पाठशालामा काम गरेको र यस पाठशालामा उनले २६ वर्षसम्म कार्य गरेको र यस पाठशाला लाई उनले यस पुस्तकहरुमा छोटोमा पीएनजी भनेर लेखेका छन्। आफ्नो सिक्किम स्थित शिक्षिका पेसाबाट सेवानिवृत भएपछि अहिले आफ्नो अवकाश प्राप्त जीवन आफ्नो नै जन्मथलो खरसाङ स्थित सन्त मेरी हिलमा बिताइरहेको कुरा हामी उनको यी दुई संस्मरण पुस्तकहरूको अध्यन गर्दा बुझ्न सक्छौ। यसरी नै उनको विद्यार्थी जीवनको अवस्था, कलेजमा उनी पढ्दा उनले अनुभव गरेको कुराहरू र आफू पेशागत रूपमा शिक्षिका भएपछि त्यस ठाउँतिर भोगेका अनुभव गरेका कुराहरूको उल्लेख पनि यी पुस्तकहरुमा पाइने गरिन्छ। यस सँगै घुम्न सँगै उनको अर्को रुचि फूल रोप्ने र नयाँ नयाँ प्रकारको फूलहरू रोप्ने उनलाई धेरै राम्रो लाग्ने गरेको कुराको जानकारी हामीले उनको यस पुस्तक पढ्दा जान्न पायौं हुन पनि संगीत र फूल मन नपराउने मानिसहरू विश्वमा हुँदैनन् भनिन्छ यदि त्यस प्रकारको मानिसहरू भए त्यो मानिसहरूको राम्रो लक्षणको रूपमा लिने गरिदैन। फूललाई देखेपछि सबैको मनमा एकप्रकारको खुशी मानिसहरूको मनमा सबैलाई नै लाग्ने गरिन्छ त्यसैले होला मटिल्डा राईज्युलाई पनि फूल रोप्नमा धेरै रुचि लागेको होला। यसरी नै योग र ध्यान जस्ता कुराहरू जसलाई आज विश्वले सिक्न खोजिरहेका छन् र विश्व राष्ट्रिय संघले त झन् २१ जूनलाई विश्व योग दिवसको रूपमा मनाउन को निम्ति मान्यता नै दिएका छन् र योगले धेरै बिरामी हरु निको पार्ने क्षमता राख्ने गर्दछ र यसले तनावबाट पनि मुक्ति दिने गर्दछ र यस्तो लाभकारी योग अभ्यासको पनि वहाँलाई रुचि रहेको कुरा हामी उनको यी दुई पुस्तकहरू पढ्दा बुझ्न सक्छौ। लेखिकाले त झन् विपास्ना योगाभ्यास जस्ता योग पनि सिकेको कुरा हामीले उनको यी दुई संस्मरण पुस्तकहरू पढ्दा थाहा पाउन सक्छौं।
मटिल्डा राई नेपाली साहित्यमा एक उत्कृष्ट लेखिका हुन उनको यो दुई संस्मरणहरु ‘जीवनका केही रेखा केही रंग’ भाग एक र भाग दुई संस्मरण पुस्तकहरू र दुईवटा कथा संग्रह टोटोलाको फूल र भाइ ड्याडी जस्ता साहित्यिक पुस्तकहरू प्रकाशित गरिसकेका मटिल्डा राईको नेपाली साहित्यिक क्षेत्रमा पनि ठूलो योगदान रहेको छ। नेपाली साहित्यिक क्षेत्रमा मात्रै वहाँको रुचि रहेको छैन तर वहाँको रुचि हिन्दी र बंगला साहित्यमा पनि रुचि रहेको जानकारी हामीलाई वहाँको यी दुई संस्मरण पुस्तकहरू पढ्दा थाहा हुन्छ जस्तै उनले धेरै हिन्दी कविताहरू आफ्ना संस्मरणमा लेखेका छन् र धेरै हिन्दी र बंगला साहित्यका उदाहरण पनि उनले आफ्नो संस्मरणहरुमा दिएका छन्।
अन्त्यमा यही भन्न सकिन्छ कि मटिल्डा राई कृत यी दुई पुस्तकहरू ‘जीवनका केही रेखा केही रंग’ भाग एक र भाग दुई पुस्तक एकदमै पठनीय नै रहेको छ, भाषा शैली पनि धेरै नै सरल र सहज नै रहेको छ सामान्य भन्दा सामान्य पाठकहरूको निम्ति पनि यी पुस्तकहरू बोधगम्य नै रहनेछ। साहित्य लेख्दा जति सरल भाषाको प्रयोग गर्यो उति नै त्यो साहित्य समाजको जन जनमा पुग्ने गर्दछ र भनिन्छ साहित्य समाजको दर्पण हो भनेर यसैले यदि साहित्यलाई समाजको दर्पण नै बनाउनु छ भने र साहित्यलाई जन जनसम्म पुर्याउने काम हामीले गर्नु छ भने हामीले साहित्यमा सरल, सहज र मिठो भाषा शैलीको प्रयोग गर्नुपर्ने हुन्छ जुन कुरा लेखिकाले यी दुई पुस्तकहरुमा गरेका छन्। मटिल्डा राईलाई आउने दिनहरूको निम्ती शुभकामना र मटिल्डा राईबाट आउने दिनहरूमा पनि यस्तै कृतिहरू पढ्न पाउने आशा हामी पाठक वर्गले साँचेका छौं।।