सिलगढी: अधिक मात्रामा प्रतिबन्धित कफ सिरप सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउपछि आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक नक्सलबारी निवासी पदम प्रधानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति पदम प्रधानले साथीको कार लिएर सिलगढी सर्किट हाउस मोडमा प्रतिबन्धित कफ सिरप डिलेभरी गर्न गएको समय स्थानीय मानिसहरूलाई तिनीमाथि सन्देह लागेपछि तिनी त्यहाँबाट भागेको बताइएको छ।

यसपछि स्थानीय मानिसहरूले पदमको पछि गरेर समर नगर अटो स्ट्यान्ड नजिक तिनलाई पक्राउ गरेपछि घटनाबारे प्रधान नगर थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर कारको छानबीन गर्दा अधिक मात्रामा प्रतिबन्धित कफ सिरप उद्धार गरेपछि पुलिसले पदमलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरेको छ।










