कोलकाताः महानगर कोलकाताको न्यू मार्केट थाना अन्तर्गत किड स्ट्रीट क्षेत्रको एक होटलमा संदिग्ध परिस्थितिहरूमा एक महिलाको शव उद्धार गरिएको छ। साथै उसकी छोरी पनि अचेत अवस्थामा फेला परेकी छन्, जसको अवस्था गम्भीर छ। बुधवार राति होटल स्टाफले जब धेरै बेरसम्म कमराबाट कुनै जवाफ पाएन तब उसले भित्र हेऱ्यो। दुवै अचेत अवस्थामा थिए।
तुरन्तै होटलबाट न्यू मार्केट थानालाई यसको सूचना दिइयो जसपछि घटनास्थलमा पुगेको पुलिसले दैलो भत्काएर हेर्दा दुवै आमा छोरी अचेत अवस्थामा थिए। दुवैलाई एसएसकेएम अस्पताल लगियो, जहाँ चिकित्सकहरूले महिलालाई मृत घोषित गरे औं छोरीको उपचार चलिरहेछ। घटनास्थलबाट एक सुसाइड नोट उद्धार भएको छ।
जानकारी अनुसार, तीन वर्षअघि महिलाको पतिको मृत्यु भएको थियो। छोराको बिहे भएको छ र परिवारसित उसको कुनै सम्पर्क छैन। आमा-छोरी दुवै वित्तीय संकटसित जुझिरहेका थिए। होटलको कमरामा निद्राको गोली खाएर दुवैले आत्महत्याको प्रयास गरेको दाबी गरिएको छ जसमा महिलाको मृत्यु भयो र छोरीको स्थिति गम्भीर बनेको छ।
-हिस











