लखीमपुरः लालुकको निकटवर्ती बंगलामाराको आमगुरी खरा ग्वालगाउँमा पोखरीमा डूबेर एक १९ वर्षीय युवकको मृत्यु भयो।पुलिस सूत्रहरू अनुसार, खरा ग्वालगाउँ निवासी बुबुल हजारिकाको एउटै छोरा हेमन्त आफ्नो आफन्तको साथ बुधवार साझँ पौड़ी खेल्न गइऱहेको समय बारीमा बनेको एउटा ठूलो पोखरीमा झरेर डूब्यो। जसमा उसको मृत्यु भयो। उल्लेख्य, केही दिनअघि घोषित हायर सेकेन्डरी फाइनल परीक्षा उत्तीर्ण गरी उसले स्नातक कक्षामा एडमिशन लिएको थियो। उसको आकस्मिक निधनले पूरा परिवार र क्षेत्रमा शोकको लहर दौड़ेको छ।
-हिस









