ब्याडमिण्टनमा सबैभन्दा तेज हिट्-को वर्ल्ड रेकर्ड बनाए सात्विकले

IMG-20230719-WA0172.jpg

१९ जुलाईः भारतका स्टार खेलाड़ी सात्विकसाईराज रंकीरेड्डीले ५६५ किलोमीटर प्रति घण्टाको गतिमा स्म्याशको साथ ब्याडमिण्टन खेलको इतिहासमा कुनै पनि पुरुष खेलाड़ीद्वारा सबैभन्दा तेज हिट्-को गिनीज वर्ल्ड रेकर्ड बनाए। चिराग शेट्टीसँग जोड़ी बनाएर हालै इण्डोनेशिया ओपन सुपर १०००-को खिताब जित्ने सात्विकले यसको साथै मई २०१३-मा मलेशियाका टेन बून हियोंगको ४९३ किमी प्रति घण्टाको एक दशक पुरानो वर्ल्ड रेकर्डलाई तोड़े। सात्विकको स्म्याश कुनै फर्मूला वन कारद्वारा हासिलि गरिएको ३७२.६ किमी प्रति घण्टाको सबैभन्दा तेज गतिभन्दा पनि धेरै तेज हो। महिला वर्गमा सबैभन्दा तेज ब्याडमिण्टन हिट-को वर्ल्ड रेकर्ड मलेशियाकी टेन पियर्लीको नाममा रहेको छ, जसले ४३८ किमी प्रति घण्टाको गतिले शट् लगाएकी थिइन्।
जापानको खेल उपकरण निर्माता कम्पनी योनेक्स-ले एउटा विज्ञप्तिमा भनेको छ, योनेक्सलाई यो घोषणा गर्दै गर्व भइरहेको छ कि योनेक्स ब्याडमिण्टन खेलाड़ी सात्विकसाईराज रंकीरेड्डी (भारत) र टेन पियर्ली (मलेशिया)-ले क्रमशः पुरुष र महिला वर्गमा सबैभन्दा तेज ब्याडमिण्टन हिटको नयाँ गिनीज वर्ल्ड रेकर्ड बनाए। गिनीज वर्ल्ड रेकर्ड १४ अप्रेल २०२३-मा बनाइएको थियो अनि गिनीज वर्ल्ड रेकर्डका आधिकारिक जजहरूले त्यस दिन गति नापेर नतीजाहरूका आधारमा यसको पुष्टि गरे। सात्विकले त्यो स्म्याश जापानको सेइतामाको सोकामा योनेक्स फ्याक्ट्री जिम्नेजियममा लगाएका थिए।

About Author

Advertisement