१९ जुलाईः अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीले अमेरिकामा हुने मेजर लीग सकरको क्लब इण्टर मियामीको जर्सी लगाएका छन्। यसको साथै उनको स्वर्णिम करियरमा नयाँ यात्राको पनि शुरुवात भयो। मेस्सीलाई यूरोपका धेरै क्लबहरूले मोटो रकमको अफर दिए पनि उनले अमेरिका जाने फसेला गरे। यसबीच मेस्सीको नयाँ क्लब इण्टर मियामीका मालिकहरूमा पूर्व ईंग्लिश फूटबलर डेविड बेकहम पनि सामेल छन् भन्ने कुरा चाहिँ थोरैलाई मात्र थाहा छ। मेस्सी वर्तमान समयमा सबैभन्दा धनी खेलाड़ीहरूका सूचीमा सामेल छन् तर उनको क्लबका मालिक पनि कम्ती छैनन्। खेलबाट सन्न्यास लिएपछि पनि बेकहमको जादू कम्ती भएको छैन।
यहाँ हामी इण्टर मियामी क्लबका सहमालिक बेकहमकै कुरा गरिरहेका छौं। म्यानचेष्टर युनाइटेड, रियल म्याड्रिड, पेरिस सेण्ट जर्मेन (मेस्सीको पूर्व क्लब) जस्ता शीर्ष क्लबबाट खेलिसकेका बेकहम अहिले खबरहरूमा अधिक नआउने भए पनि उनी सबैभन्दा धनी खेलाड़ीहरूका सूचीमा सामेल छन्। एक समय युवाहरूका रोल मोडल रहने बेकहम अहिले ३७७४ करोड़ रुपियाँको मालिक हुन्। उनीसँग आफ्नो हवाईजहाज पनि रहेको छ।
बेकअहिले ४८ वर्षका भइसकेका डेविड बेकहमको विश्वभरि फ्यान फलोइंग रहेको छ। दुई मई १९७५-मा म्याड्रिडमा जन्मिएका बेकहमको पूरा नाम डेविड रोबर्ट जोसेफ बेकहम हो। ईंग्ल्याण्ड फूटबल टीमका पूर्व कप्तान बेकहमले म्यानचेष्टरमा बबी चार्ल्टनको फूटबल स्कूलबाट यस खेलमा यात्रा शुरु गरेका थिए अनि बार्सिलोनामा ट्रेनिंग लिएका थिए। त्यसपछि फूटबल खेलमा उनले के-के उपलब्धि हासिल गरे भन्ने फूटबलप्रेमीहरूले कहिले भुल्ने छैनन्।
बेकहमले १९९८ फिफा वर्ल्ड कपको निम्ति ईंग्ल्याण्डको जम्मै क्वालीफाईंग म्याच खेलेका थिए अनि फ्रान्समा भएको वर्ल्ड कप फाइनलमा ईंग्ल्याण्ड टीमको हिस्सा थिए। बेकहमले १९९७-मा म्यानचेष्टर युनाइटेडबाट खेल्दा भिक्टोरिया एडम्सलाई डेट गर्न शुरु गरेका थिए। भिक्टोरिया त्यस समय विश्वकी टप मोडल अनि सिंगर थिइन्। उनी स्पाइस गर्ल्स नामक ब्याण्डको सदस्य थिइन्। बेकहम र भिक्टोरियाको जोड़ीले मिलेर सम्पूर्ण विश्वको विज्ञापन जगतमा राज गरेको थियो। एक समय त विश्वका समस्त टप ब्राण्डहरू यी दुईसँग रहेको थियो।
बेकहमको जम्मा सम्पत्ति ४६० मिलियन डलर (लगभग ३७७४ करोड़ रुपियाँ) तोकिएको छ। उनको मासिक आय ३ मिलियन यूएस डलर रहेको छ। यसरी नै वार्षिक आय ३५ मिलियन डलरभन्दा अधिक रहेको छ। यसबाहेक उनको सम्पत्तिको ठूलो हिस्सा एण्डोर्समेण्टबाट आउँछ, जुन लगभग २५० मिलियन डलरको छेउछाउ रहेको छ। उनले बिजनेस भेञ्चर्सबाट १०० मिलियन डलरको कमाई गर्छन् जबकि उनको सम्पत्ति ६० मिलियन डलरभन्दा अधिकको रहेको छ। यसमा भव्य बंग्लो, लग्जरी कारहरू र एउटा प्राइवेट जेट विमान पनि सामेल छ।
बेकहम लण्डनमा बस्छन्। उनले लण्डनमा साल २०१४-मा भव्य महल किनेका थिए। उनको सबै रियल एस्टेट सम्पत्तिको मूल्य लगभग ६० मिलियन अमेरिकी डलर रहेको छ। बेकहमसँग लग्जरी कारहरूको पनि ठूलो कलेक्शन रहेको छ। उनीको ग्यारेजमा अडी, एस्टन मार्टिन र लेम्बोर्गिनी जस्ता कारहरू रहेको छ। बेकहम परिवारसँग ईंग्ल्याण्ड बाहेक फ्रान्स, अमेरिका र यूएई सहित धेरैवटा देशहरूमा सम्पत्ति रहेको छ।
बेकहम ती केही खास खेलाड़ीहरूमा सामेल छन्, जसको आफ्नै विमान रहेको छ। बेकहमसँग बोमबार्डियर च्यालेञ्जर ३५० विमान रहेको छ, जसको मूल्य लगभग १.९ अरब रुपियाँ छ। बेकहम र उनको परिवारले साधारणत त्यही विमानमा यात्रा गर्छन्। उनकी पत्नी भिक्टोरियाकी सम्पत्ति पनि लगभग उनकै बराबर रहेको छ, जसको ठूलो हिस्सा फेशन वर्ल्डबाट आउँछ। बेकहमको परिवारमा पत्नी भिक्टोरियाबाहेक छोरा ब्रूकलिन, रोमियो, क्रूज र छोरी हार्पर रहेका छन्।











