नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल

00-1-Nepal-Train-trn_103

काठमाडौं: नेपाल र भारतबीचका रेलसेवा निरन्तर विस्तार हुँदै गएको छ। रेलमार्गहरु निरन्तर विस्तारका क्रममा छन् भने नयाँ निर्माण प्रक्रियाले तिव्रता पाएको छ। भारतको रक्सौल शहरबाट काठमाडौं जोड्ने १३६ किलोमिटर रेलमार्गको लोकेशन सर्भे अन्तिम चरणमा पुगेको छ। नेपालको भौतकि पूर्वाधार मन्त्रालयमा सर्भे प्रतिवेदनको मस्यौदाबारे वृस्तृत अध्ययन भइरहेको छ। मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले अध्ययनका लागि समिति गठन भई काम भइरहेको जानकारी दिए।

भारतको जयनगरबाट नेपालको जनकपुरबाट कुर्था हुँदै बिजलापुरासम्म रेलसेवा विस्तार भइसकेको छ। कुर्था बिजलापुरा खण्ड भारतीय रुपियाँ ७.८३ अर्बमा निर्माण भएको हो। यसका लागि भारत सरकारले अनुदान सहयोग गरेको छ। जयनगरबाट बिजलापुरासम्मको रेलमार्गको दूरी ५२ किलोमिटर छ। अब रेलमार्ग नेपालको महोत्तरी जिल्लाको बर्दिवाससम्म विस्तार हुँदैछ। यसका लागि नेपाल सरकारले जग्गा अधिकरण गरिरहेको छ। जग्गा अधिकरणपछि निर्माण कार्य हुने नेपालको रेल विभागले जनाएको छ। बर्दिवाससम्म विस्तार हुने रेलमार्ग पनि भारतीय अनुदान सहयोगमा बन्ने नेपाल र भारतबीच भएको सम्झौतामा उल्लेख छ। बर्दिवास मधेश प्रदेशबाट नेपालको पहाडी भागतर्फ जाने महत्वपूर्ण बिन्दु हो। यसकारण पनि यसको रणनीतिक महत्व छ।

पूर्वी नेपालको विराटनगरमा भारतको जयनगरबाट रेलसेवा सञ्चालनमा आइसकेको छ। जून १ बाट भारतको बथनाहबाट विराटनगरसम्म १६.६ किलोमिटर रेलमार्ग निर्माण भएपछि सञ्चालनमा आएको होl रेलमार्ग भारतको ३ अर्ब ८० लाख अनुदान सहयोगमा निर्माण भएको हो। रेलमार्गको १३.५ किलोमिटर नेपाली भागमा पर्छ। यसरी, नेपालको भारतसँग रेल कनेक्टिभिटी बढ्दै गएको छ जुन तराई हुँदै पहाडतर्फ विस्तारको क्रममा छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement