टीम भलिबल प्री-क्वार्टर फाइनलमा

photocollage_202371823628893.jpg

१८ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा टीम भलिबलले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा टीम भलिबलले ड्राइभर टीम गाड़ीधुरालाई ६-१-ले पिट्यो। विजेता टीमबाट आदित्यले २६औं र ३५औं मिनटमा २ गोल गरे। यसबाहेक सिद्धुले ३८औं, रुपकले ४५औं र युगलले ५२औं मिनटमा गोल गरे। यसरी ड्राइभर टीमबाट पुजनले २०औं मिनटमा १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement