१८ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा टीम भलिबलले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा टीम भलिबलले ड्राइभर टीम गाड़ीधुरालाई ६-१-ले पिट्यो। विजेता टीमबाट आदित्यले २६औं र ३५औं मिनटमा २ गोल गरे। यसबाहेक सिद्धुले ३८औं, रुपकले ४५औं र युगलले ५२औं मिनटमा गोल गरे। यसरी ड्राइभर टीमबाट पुजनले २०औं मिनटमा १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।