भाजपाको केन्द्रिय नेतृत्वले दिलीप-सुकान्तलाई दिल्ली बोलायो

00-1-Rajya-Samachar-16

कोलकाताः भाजपाको केन्द्रिय नेतृत्वले पार्टीका प्रदेश अध्य़क्ष सुकान्त मजूमदार र पूर्व प्रदेश अध्य़क्ष दिलीप घोषलाई दिल्ली बोलाएको छ। यसअघि पश्चिम बंगाल पञ्चायत चुनाउमा भाजपाको निःराशाजनक प्रदर्शनलाई लिएर गत आइतवार भएको मन्थन बैठकमा यी दई भाजपा नेताहरूबीच भनावैरी भएको थियो।

भाजपा सूत्रहरू अनुसार, दुवैलाई दिल्ली बोलाइनुको दुई उद्देश्य छन्। पहिलो, बंगालमा माकपा, कांग्रेस र तृणमूलमा राजनीतिक घमासान भएपनि बेङ्गलुरूमा यी पार्टीहरू एक हुनु। दोस्रो, गत आइतवार जब पार्टीको मन्थन बैठक भयो तब केन्द्रिय प्रभारी सुनील बन्सल र मंगल पाण्डेको उपस्थिता दुवै नेता एक-अर्कासित भिड़े। जुन सीटहरूमा पार्टी पहिले बलियो थियो त्यहाँ पनि पार्टीको प्रदर्शन खराब रहेकोमा दिलीपले प्रश्नचिह्न खड़ा गरेका थिए। मंगल पाण्डे र सुनील बन्सलले यसको रिपोर्ट केन्द्रिय नेतृत्वलाई दिएका छन्।

तमाम मुद्दाहरूमा चर्चाको निम्ति दुवै नेतालाई बोलाइएको खबर छ। यस बाहेक बंगालमा प्रदेश अध्यक्षलाई बदली गर्नसकिने पनि चर्चा छ। दिलीप घोषलाई फेरि जिम्मेवारी दिइनेछ वा अन्यलाई प्रदेश अध्यक्ष बनाइनेछ, यसबारे स्थिति स्पष्ट छैन।

-हिस

About Author

Advertisement