जादवपुर यूनिवर्सिटीकी छात्रासित दुष्कर्मको आरोप

00-1-Rajya-Samachar-16

कोलकाताः जादवपुर यूनिवर्सिटीकी एक छात्रासित दुष्कर्मको प्रयास गरिएको आरोप लागेको छ। जानकारी अनुसार, आरोपितहरू छात्राको साथमा पढ्छन्। छात्राले आरोप लगाइन्, जब छात्रा आफ्नो सहपाठीको घरमा गएकी थिइन्, त्यहाँ उसको साथ पढ्ने अन्य आरोपितहरू पनि गएका थिए। त्यही उसको साथ दुष्कर्मको प्रयास गरियो। यसपछि छात्राले गोल्फ ग्रीन पुलिस स्टेशनमा शिकायत दर्ता गराएकी छन्। छात्राको बयान अगावै दर्ता गरिएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ। थानाका एक अधिकारीले भने, आरोपितहरूलाई खोज्नु शुरू गरिएको छ। उनीहरूको फोन नम्बर स्विच अफ छ तर अरू तरीकाले उनीहरूलाई ट्रेस गरिन्दैछ।

-हिस

About Author

Advertisement