कोरोनाकाे ४९ नयाँ मामिला, कासैको मृत्यु भएन
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९५,००४ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कासैको मृत्यु भएन। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,९१५ पुगेको छ। यसरी नै यस अवधिमा ३८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६१,६२५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,४६४ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४५,२२० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,३३,५४,४२० जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ५३७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,४८,६३४ जनाले यो खोप लगाइसकेको छन्।









