कार्लोस अल्काराज शीर्षमा कायम, मार्केटा वोन्द्रोसोवा शीर्ष दशमा

IMG-20230718-WA0170.jpg

१८ जुलाईः कार्लोस अल्काराजले सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनको फाइनलमा विश्वका नम्बर दुई खेलाड़ी नोवाक जोकोविचलाई पराजित गरी एटीपी ऱ्यांकिंगमा आफ्नो शीर्ष स्थानलाई कायम राखे। यसरी नै महिला एकल वर्गमा च्याम्पियन हुने मार्केटा वोन्द्रोसोवाले पनि शीर्ष दशमा स्थान बनाएकी छन्। अल ईंग्ल्याण्ड क्लबमा शनिवार खेलिएको फाइनलमा ट्यूनिशियाकी ओन्स जेब्यूरलाई ६-४, ६-४-ले पराजित गर्ने चेक गणराज्यकी वोन्द्रोसोवाले ३२ स्थानको जम्प लगाएर सीधै दशौं स्थान हासिल गरेकी छन्। उनी विम्बल्डनमा खिताब जित्ने पहिलो गैर वरीयता प्राप्त खेलाड़ी बनेकी थिइन्।
अल्काराजले आइतवार सर्बियाका दिग्गज खेलाड़ी जोकोविचलाई १-६, ७-६(६), ६-४, ३-६, ६-४-ले पराजित गरेका थिए अनि नवीनतम ऱ्यांकिंगमा उनले आफ्नो शीर्ष स्थान कायम राखेका छन्। गत १५ महिनादेखि नम्बर एकको कुर्सीमा रहने इगा स्वियातेकले विम्बल्डनमा आफ्नो शीर्ष ऱ्यांकिंग गुमाउने सम्भावना थियो तर उनी अहिले शीर्षमा कायम छिन्। स्वियातेककी निकटतम प्रतिद्वन्द्वी आर्यना सबालेंका दोस्रो स्थानमा रहेकी छन्। विम्बल्डनमा स्वियातेक क्वार्टर फाइनल अनि सबालेंका सेमिफाइनलमा हारेकी थिइन्। महिला ऱ्यांकिंगमा शीर्ष सात खेलाड़ीहरूले आ-आफ्नो स्थान कायम राखेकी छन्। एलेना रायबाकिना तेस्रो स्थानमा रहेकी छन्। त्यसपछि जेसिका पेगुला चौथो, क्यारोलिना गार्सिया पाँचौं, जेब्यूर छैटौं र कोको गफ सातौं स्थानमा रहेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement