सिलगढी: रेलवेको जमिन दखल गरेर घर बनाएको आरोप रहेको छ। आरपीएफ-ले सिलगढीमा टाउन स्टेसन नजिकको घर भत्काएर रेलवेको जमिन दखलमुक्त गरेको छ। सिलगढीको १८ नम्बर वार्डको टाउन स्टेसन नजिक राणा बस्तीमा रेलवेको जमिन दखल गरेर घर बनाएको अभियोग पाएपछि आरपीएफ को तर्फबाट आज उक्त घर भत्काइदिएको छ। तथापि आरपीएफ ले चलाएको अभियान अवधि रेलवेको जमिन दखल गर्ने मानिस त्यहाँ थिएन यसभन्दा अघि पनि रेलवेको जमिन दखल गरेको अभियोग ‘उठेको थियो।

स्थानीय मानिसहरूले बताएअनुसार समय- समयमा रेलवेको जमिनमा केही भूमाफियाले अन्य मानिसहरूलाई ल्याएर बसोबास गराउने गर्दछ। यसबारे आरपीएफलाई जानकारी गराइएको छ।










