१८ जुलाईः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा गत वर्ष झैं यस साल पनि ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। स्थानीय सेण्ट जेभियर्स स्कूल मैदानमा हुने यस नाइन ए साइड टुर्नामेण्टमा यस साल पुरस्कार राशिमा पनि बढ़ोत्तरी गरिएको छ। यस साल च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख (गत वर्ष ३ लाख) रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २.५लाख (गत वर्ष २ लाख) रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण गर्ने अन्तिम मिति २५ जुलाई रहेको छ। सम्पर्क नम्बर सर्कुलरमा उपलब्ध रहेको छ। उल्लेखनीय छ, टुर्नामेण्टको गत संस्करणमा जेभीसी सिंगताम च्याम्पियन रहेको थियो। जेभीसी सिंगतामले फाइनलमा साहारा गुम्बा पाक्योंगलाई २-१-ले पराजित गरेको थियो।