मिरिक बस्तीमा सडक मरम्मती गर्न अघि आए चालक संगठन र सामाजिक कार्यकर्ताहरू

मिरिक: मिरिक बजारदेखि मिरिक बस्ती हुँदै मरमा चियाबारीलाई जोड्ने एक प्रमुख सडकको अवस्था सोचनीय बनेको छ। विशेष गरि मिरिक बस्तीवासीका लागि जीवनरेखा मानिने सडकको अवस्था बेहाल भएपछि मिरिक बस्ती मालिक तथा चालक संगठनका सदस्यहरू आफ्नै बलबुतामा सडक मरम्मती गर्न अघि आएका छन्।  सडक  मरम्मत गर्न संगठन अघि आएपछि विभिन्न समाजसेवीहरूले पनि उनीहरूलाई सहयोग गर्न थालेका छन्। जसमा समाजसेवी मिलेश राईले संगठनलाई मरम्मतीका लागि अलकत्र सहयोग गरेको आज संगठनका प्रतिनिधिहरू मुस्कान तामाङ, रवि छेत्री आदिले बताएका छन्। सडकको अवस्था जीर्ण बनेपछि चालकहरू लगायत स्थानीयहरूलाई धेरै मर्का परेको बताउदै मिरिक बस्तीका होम स्टे सञ्चालकहरूले पनि सहयोग पुर्याउदै आइरहेको बताए। यसबाहेक चालकहरूले पनि रकम संकलन गरिरहेको बताए। साथै आफूहरूलाई जतिजनाले पनि सहयोग गर्छन् उनीहरूलाई पनि आभार प्रकट गरे। साथै आफूहरूले चाँडै सडक मरम्मती कार्य शुरू गर्ने पनि उनीहरूले जानकारी गराउँदै सबैलाई इच्छाअनुसार यथाशक्ति सहयोग गरिदिने आह्वान पनि गरे। यता समाजसेवी मिलेश राईले आज आफू पाल्जोर ग्राममा सडकको निरीक्षण गर्न पुगेको र सोही बेला चालक साथीहरूसँग भेटघाट भएर कुराकानी गर्ने क्रममा सडक मरम्मती गर्ने जानकारी पाएपछि आफू  सहयोग गर्न अघि आएको बताए। तथापि सिमेन्टले डलान गरेर सडक पक्की नहुने भएको कारण नै अलकत्र बिछ्याउनु पर्ने कुरोमा जोर दिएको उनले बताए। यसबाहेक सम्बन्धित विभागले पनि सडकको अवस्थालाई हेर विचार गरेर उचित पहल चालिदिनु पर्ने साथै वर्तमानमा  सडकको जीरूणोद्धारको निम्ति सबैलाई अघि आइदिने राईले आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement