प्रतिबन्धित कफ सिरप अनि नशालु टयाबलेट उद्धार

IMG_20220517_165026.png

सिलगढी। मतिगढा थाना अन्तर्गत पर्ने खोलाईबत्री इलाकास्थित एउटा ग्यारेजमा मेट्रोपोलिटन पुलिसले डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-ले अभियान चलाएर लाखौँ रुपियाँको प्रतिबन्धित कफ सिरप तथा नशालु टयाबलेट उद्धार गरेको छ। डीडीले ग्यारेजबाट लगभग ७०० बोतल कफ सिरप र ९ हजार ३५० पीस नशालु टयाबलेट उद्धार गरेको छ। जसको अनुमानिक बजार मूल्य २ लाख रुपियाँ रहेको बताइएको छ। डीडी-ले यस मामिलामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका युवक सिलगढीको ३ नम्बर वार्ड इलाका निवासी राजा हासमीको रुपमा चिन्हित गरिएको छ।
डीडी सूत्रले दिएको जानकारीअनुसार जफत गरेको उक्त प्रतिबन्धित कफ सिरप र नशालु टयाबलेट ग्यारेजमा जम्मा गरेर राखेको थियो भने त्यहाँबाट सिलगढीको बजारहरूमा पुऱ्याउने गर्दथ्यो। डीडीले पक्राउ परेका आरोपी राजा हासमीलाई मतिगढा थानालाई सुम्पदिएपछि आज तिनलाई सिलगढी अदालतमा पेश गरियो।

About Author

Advertisement