१७ जुलाईः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच रहेको थियो। बालासन खेल मैदानमा भएको दिनको पहिलो म्याचमा आयोजक नेहुरे बालासन युनाइटेड क्लबले फुलबारी फूटबल क्लबलाई ४-१-ले पराजित गऱ्यो। यसरी नै दिनको दोस्रो म्याचमा सुनार बस्तीको टीम नआउँदा डाँड़ा गाउँले वक्ओभर पाएर अघिल्लो राउण्डमा स्थान बनायो । यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनलको मिति चाँड़ै घोषणा गरिनेछ।