१७ जुलाईः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा धजिया युनाइटेडले दोर्जे बोइजलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट चिराग तामाङले २ गोल गरे। यसबाहेक आर्यन तामाङ र समीर तामाङले १-१ गोल गरे। यसरी दोस्रो म्याचमा ड्रीम सेभेनले साजन स्पोर्टिंग क्लबलाई ६-२-ले पिट्यो। विजेता टीमबाट प्रतीक राईले ह्याट्रिक गरे। यसबाहेक ब्रिजेश राई, सोएल राई र निशान्त राईले पनि १-१ गोल गरे। साजन स्पोर्टिंगबाट युगल राई र दिवाकर प्रधानले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










