दार्जिलिङ: दार्जिलिङ पुल बिजनबारी खण्डको सोम सिङताम ग्राम पञ्चायतमा भागोप्रमोको बोर्ड गठन हुने भएको छ। यस ग्राम पञ्चायतमा सकुन गुरूङ तामाङ्ग (मिलन बस्ती, २९९ भोट), छितेन शेर्पा (हिमाली गाउँ, १२६ भोट) स्वतन्त्र उम्मेदवारको रूपमा लडेर विजेता बनेका हुन्। विजेता बनेका यी दुई स्वतन्त्र उम्मेद्वारहरु आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सोम ग्राम पञ्चायत ११ सदस्यीय ग्राम पञ्चायत हो। यहाँ बीजीपिएमले ५ सीट अनि निर्दलीयले ६ सीट हाँसिल गरेका थिए। आज पार्टीलाई दुईजनाको समर्थन पश्चात ग्राम पञ्चायतको गणित भागोप्रमो ७ अनि निर्दलीय ४ रहेको छ। सोम ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड बनिने निश्चित रहेको छ। भागोप्रमोका विजेताहरू यसप्रकार रहेका छन् – कञ्चन लामा देवान (गुरुङ बस्ती, २७१ भोट), जितेन तामाङ (धनमान धुरा, २८२ भोट), स्वस्तिका प्रधान लिम्बु (महत धुरा,२६७ भोट), सरिता राई लामा ( सोम टी ई, २ डिभिजन, ३२० भोट), दौलत परियार (सोम टी ई, १ डिभिजन, २७५ भोट)।
दुई निर्दलीय विजेताहरू पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा पार्टीमा सामेल भएका हुन। अध्यक्षले उनीहरूलाई पार्टीको टिकट थमाएर पार्टीमा सामेल गराएका छन्।