“म हारे पनि पार्टीमा रहेर जनताको लगातार रूपमा जनताको सेवा गर्नेछु”: जिना तामाङ

IMG-20230716-WA0388.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत एकमा पञ्चायत समितिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी जिना तामाङ पराजित भए पनि जनताको लागि सेवा गर्ने र पार्टीको सांगठनिक गतिविधिहरूमा अझ सक्रिय रूपमा खट्ने बताएकी छन्। जिना तामाङले आज एक भिडियो जारी गर्दै म मात्रै हारेको हो तर मेरो पार्टी हारेको होइन भन्दै म हारे पनि जनताको सेवा लगातार रूपमा गर्ने बताएकी छन्। सन्त मेरिज ग्राम पञ्चायत एकको बुथ नम्बर १८४, १८२ र १८३ बाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा पञ्चायत समितिको सिटमा चुनाव लड़ेका जिना तामाङले भनिन् -‘सन्त मेरिज ग्राम पञ्चायत एकमा भगोप्रमोको जीत निश्चित थियो तर आफ्नो बुथमा निर्दलीय प्रार्थीले पनि भागोप्रमोको नै हो भन्दै भनेको कारणले जनताले सबैलाई बराबर मिलाएर भोट दिएको कारणले हाम्रो भोट बाँडिएर गठबन्धनको प्रार्थी बिजय बनेको हो।’
जिना तामाङले अघि भनिन् -‘म हारे पनि मेरो पार्टी हारेको छैन। यो हारले मलाई मलाई झन धेरै कुरा सिकाएर गएको छ। राजनीतिमा हारको पनि सामना गर्नु पर्ने रैछ। राजनीतिमा कसरी अघि बढ्नु पर्छ त्यो हारले झन बेसी सिकाएको छ। पार्टी अध्यक्षले मलाई मैदानमा उतारेर मौका दिएको हो। तर मेरो भूलले नै हार भयो अनि म पार्टी अध्यक्ष अनित थापाप्रति क्षमा चाहान्छु। तर म हारे पनि अझ सक्रिय भएर पार्टीमा खट्छु। संगठनलाई अझ दह्रिलो पार्नलाई सक्रिय पारेर लानमा सहयोग गर्नेछु।’ उनले अझ भनिन् -‘म हारे पनि पार्टीमा नै रहेर जनताको सेवा गरिरहनेछु। म हारे पनि खरसाङ खण्ड समितिमा भागोप्रमोको बोर्ड गठन भएको छ। त्यसैले मलाई माया गरेर भोट दिने सबै जनताहरू निरास भईदिने अनुरोध गर्दछु कारण म हारे पनि पार्टीमा रहेर जनताको सेवा गरिरहनेछु।’

About Author

Advertisement