देहरादून: उत्तराखण्डको आधिकारिक भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्ली फर्किने क्रममा देहरादून विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्री एवं स्वास्थ्य शिक्षा मन्त्री ब्रजेश पाठकसँग सौहार्द्रपूर्ण भेट गरे। यस सौहार्द्रपूर्ण भेट अवधि दुई राज्यबारे संक्षिप्त रूपमा विविध विषयमा कुराकानी भयो। मुख्यमन्त्री तामाङसँग राज्यका पर्यटन एवं नागरिक उड्डयन मन्त्री बीएस पन्त साथमा रहेका थिए।
जानकारी गराइन्छ, राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ देहरादूनमा आयोजित स्वास्थ्य चिन्तन शिविरमा सहभागिता जनाउन त्यहाँ पुगेका थिए। सो अवधि मुख्यमन्त्री तामाङले त्यहाँ अध्ययनरत सिक्किमका विद्यार्थीहरूसँग प्रत्यक्ष भेट गरी कुराकानी गरेका थिए। ती विद्यार्थीहरूलाई आवश्यक परेको खण्डमा राज्य सरकार सधैं तत्पर रहेको कटिबद्धता व्यक्त गरे।