उत्तर बंगालमा बाढ़को स्थितिको सामना गर्न सिंचाई मन्त्रीको नेतृत्वमा टीम पठाइने

00-1-Rajya-Samachar-15

कोलकाताः बाढ़को स्थितिको सामना गर्न प्रदेश सचिवालय नवान्न उत्तर बंगालले राज्यका सिंचाई मन्त्री पार्थ भौमिकको नेतृत्वमा एउटा टीम पठाउने फसेला गरेको छ। जसमा कृषि र सिंचाई सचिव पनि सामेल छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले ट्वीट गरी पूरा मामिलाको जानकारी दिइन्। उनले भनिन्, मैले आफै पूरा स्थितिमाथि नजर राखिरहेछु।

वस्तुतः लगातार पानी परेको कारण उत्तर बंगालका धेरै जिल्लाहरूमा स्थिति गम्भीर बनेको छ। लगातार पानी परेकोले नदीहरूको जलस्तर बढ़िरहेछ। अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ीका धेरै क्षेत्रहरू जलमग्न भएका छन्। स्थानीय प्रशासनले पूरा स्थितिलाई सम्हाल्ने प्रयास गरिरहेछ। अब टीम नवान्नदेखि उत्तर बंगाल गइरहेछ।

मुख्यमन्त्रीले आइतवार बिहान एक ट्वीटमा भनिन्, आपदा प्रबन्धन टीम भोली उत्तर बंगाल जानेछ। उत्तर बंगालका जिल्लाहरूमा पानी परेको कारण नदीहरूको जलस्तर बढ़ेको छ, सड़कहरूको स्थिति खराब छ। मानिसहरू मर्कामा छन्। डीएम-एसपी त्यहाँ छन्। एनडीआरएफ, एसडीआरएफले बचाव कार्य गरिरहेको छ। मुख्यन्त्रीले ट्वीट गरिन्, मैले स्थितिमाथि आफैले नजर राखिरहेछु। मुख्य सचिवले पनि उत्तर बंगालको स्थितिमाथि नजर राखिरहेका छन्। प्रशासन स्थितिको सामना गर्न हरसम्भव प्रय़ास गरिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement