उत्तर दिनाजपुर: रायगञ्ज पुलिसले अवैध मदिरा तस्करी गर्दागर्दै एक जनालाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम शरवन चौधरी रहेको छ। उनी बिहारको बिघोर क्षेत्रका बासिन्दा रहेको बताइएको छ। राईगन्जको शंकरपुर इलाकामा तस्करी गर्दागर्दै पुलिसले एक जनालाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार ती व्यक्तिले ९७ हजार ५ सय लिटर अवैध मदिरा तस्करी गर्दै आएका थिए।