बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगःदार्जीलिङ डायनामोको रोमाञ्चक जीत

IMG-20230716-WA0370.jpg

१६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा दार्जीलिङ डायनामोले रोमाञ्चक जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा आइतवार खेलिएको म्याचमा दार्जीलिङ डायनामोले संकटा फूटबल क्लबलाई ४-३-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट पुरन सुब्बाले २ गोल गरे। यसबाहेक ताकशिक भूटिया र सुदीप पञ्चकोटिले १-१ गोल गरे। यसरी संकटा फूटबल क्लबबाट निखित राईले २ अनि पाल्देन तामाङले १ गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा छेडुप यल्मो रहेका थिए। यसरी नै रेमण्ड तामाङ र जीवन छेत्री सहायक रेफरी थिए।

यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement