गान्तोक: पीआईबीगान्तोकले मंगलबार १८ जुलाईमा गान्तोकको नामग्याल इन्स्टिच्युट अफ तिब्बतटलोजी (एनआईटी), देवरालीमा ‘नौ वर्षको सेवा, सुशासन र गरीब कल्याण’को थीममा मिडिया कार्यशाला-‘वर्तलाप’ आयोजना गर्ने तयारी गरेको छ। यस अवसरमा सिक्किम सरकारका कृषि, बागवानी, पशुपालन र पशु चिकित्सा सेवा तथा श्रम विभागका मन्त्रीलोकनाथ शर्मा मुख्य अतिथिको रूपमा उपस्थित हुनेछन्। कार्यशालाको उद्देश्य क्षेत्रीय र उप-क्षेत्रीय स्तरका सञ्चारकर्मीहरूमा विगत नौ वर्षमा भारत सरकारले गरेका विभिन्न उपलब्धि र पहलका बारेमा सचेतना जगाउने लक्ष्य राखेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित वक्ताहरुले सरकारका नीति तथा कार्यक्रमहरुका बारेमा सञ्चारमाध्यमहरुलाई जानकारी गराउनेछन्। कार्यक्रममा पत्रकार, सम्पादक, संवाददातालगायत सञ्चारमाध्यमका प्रमुख व्यक्तित्वहरुको सहभागिता रहनेछ। -पीआईबी