१६ जुलाईः भारतका लेग स्पिनर युजवेन्द्र चहलले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-द्वारा उनलाई रिटेन नगरिएको विषयमा निराशा व्यक्त गरेका छन्। गत वर्ष भएको आईपीएलको लिलामी अघि आरसीबी प्रबन्धनले टीममा रिटेन नगरिँदा चहललाई चरम निराशा भएको थियो कारण यसबारे प्रबन्धनले उनलाई कुनै जानकारी दिएको थिएन। चहल २०१४-देखि आरसीबी टीमको अभिन्न अंग थिए अनि उनले ११४ वटा म्याचमा यस फ्रेञ्चाइजीको प्रतिनिधित्व गरेका थिए। उनले आईपीएलमा बलरहरूका निम्ति सबैभन्दा कठिन स्टेडियमहरूमा एउटा एम चिन्नास्वामी स्टेडियममा आफ्नो छाप छोड़ेका थिए, जहाँ छोटो बाउण्ड्रीले गर्दा ब्याटरहरूलाई रोक्नु सजिलो हुँदैन। यति सब भएर पनि आरसीबी-ले २०२२-को आईपीएल लिलामी अघि आफ्नो स्टार स्पिनरलाई रिलीज गऱ्यो अनि पछिबाट खरीद पनि गरेन। चहलले भने, निश्चित रूपले मलाई दुःख लागेको थियो। मेरो यात्रा आरसीबी-बाट नै शुरु भएको थियो। मैले त्यस टीममा आठ साल बिताएँ। आरसीबी-ले मलाई मौका दियो अनि त्यही कारण मैले भारतको तर्फबाट खेल्ने अवसर पनि पाएँ। पहिलो म्याचदेखि नै विराट कोहलीले मेरो बलिंगमा भरोसा देखाए। एउटा टीममा आठ साल बिताएपछि त्यो तपाईंको परिवार जस्तै हुन्छ। यसैकारण पनि मलाई दुःख लाग्यो।
चहलले भने, मैले टीमसँग ठूलो रकम मागेको थिएँ भन्ने उड़न्ते खबर पनि सुनियो तर त्यस्तो केही थिएन। म कुन लायक छु भन्ने मलाई थाहा छ। एकपल्ट कुराकानी नगरी, एउटा फोन पनि नगरी टीम म्यानेजमेण्टले यस्तो फसेला लिँदा म निराश भएको थिएँ। कम्तीमा कुरा त गर्नु पर्थ्यो। मलाई जानकारी त दिनु पर्थ्यो कारण मैले त्यस टीमको निम्ति ११४ वटा म्याच खेलेको थिएँ। लिलामीको समय उनीहरूले मेरो निम्ति हरसम्भव प्रयास गर्ने वाचा गरेका थिए तर उनीहरूले मलाई चयन गरेनन्। मलाई रिस पनि उठेको थिएँ कारण मैले त्यस टीममा ८ साल बिताएको थिएँ। चिन्नास्वामी मलाई सबैभन्दा मन पर्ने स्टेडियम हो। मैले आरसीबी-का प्रशिक्षकसँग कुरा गरिनँ। उल्लेखनीय छ, ३२ वर्षीय चहल १८७ विकेटको साथ आईपीएलमा सबैभन्दा अधिक विकेट लिने बलर हुन्।