दक्षिण कोरियामा बाढीले ३३ जनाको मृत्यु, १४ जना बेपत्ता

00-1-South-Korea-flood

दक्षिण कोरियामा भारी वर्षासँगै आएको बाढीमा बेपत्ता भएका र फसेकाहरुको उद्धार कार्य जारी छ। भारी बर्षा पछि आएको बाढीले ३३ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन्l सुरुङमा फसेकाका सयौं कारहरु निकाल्ने प्रयास जारी छ। दक्षिण कोरियाको चेओन्ज उपनगरमा बाढी आएपछि भाग्ने क्रममा रहेका कारहरु सुरुङमा फसेका हुन्। देशको पहाडी इलाका अधिकांश घरहरु पैह्रोले बगाएको छ। यसैबीच दक्षिण कोरियाका प्रधामन्त्री हान डक सुले सेनालाई उद्धार कार्यमा कमी कमजोरी हुन नदिन निर्देशन दिएका छन्। वर्षा र बाढीले हालसम्म २६ जनाको मृत्यु भइसकेको छ।

विगत तीन दिनदेखि जारी वर्षाले देशको जनजीवन अस्तव्यस्त बनेको छ। उत्तरी चुङचेओङ प्रान्तमा रहेको एउटा ठूलो बाँधमा पानीको सतह बढ्दा सडकहरु जलमग्न हुनुका साथै यातायात सेवा पनि अवरुद्ध भएको छ। बाँध आसपासमा रहेका तटीय क्षेत्रका ६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ। त्यहाँको मौसम विभागका अनुसार शनिबार तीन सय मिलिमिटर वर्षा भएको थियो भने अझै केही दिन जारी रहने छ। केही समय यता भएको भीषण वर्षाका कारण भारत, चीन र जापान लगायतका देशमा पनि धेरै जनधनको क्षति भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement