विम्बल्डनः च्याम्पियन बनेर इतिहास रचिन् मार्केटा वोन्द्रोसोवाले

IMG-20230716-WA0157.jpg

१६ जुलाईः मार्केटा वोन्द्रोसोवाले महिला एकलको फाइनलमा ओन्स जोब्यूरलाई सीधा सेटमा पराजित गरी विम्बल्डन टेनिस च्याम्पियनशीपको खिताब जित्ने पहिलो सबैभन्दा कम्ती ऱ्यांकिंग भएकी खेलाड़ी अनि पहिलो गैर वरीयता प्राप्त खेलाड़ी बन्ने गौरव हासिल गरिन्। चेक रिपब्लिककी २४ वर्षीय खेलाड़ी वोन्द्रोसोवाले गत सालकी उपविजेता तथा छैटौं वरीयता प्राप्त जेब्यूरलाई ६-४, ६-४-ले पराजित गरी आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब हासिल गरिन्। देब्रे हातले खेल्ने वोन्द्रोसोवा विश्व ऱ्यांकिंगमा ४२औं स्थानमा रहेकी छन् अनि उनी गत ६० सालमा विम्बल्डनको फाइनलमा खेल्ने पहिलो गैर वरीयता प्राप्त खेलाड़ी बनेकी थिइन्। फाइनलमा वोन्द्रोसोवा दुवै सेटमा पछि रहेकी थिइन् तर पहिलो सेटमा उनले लगातार चार गेम जितेर जीत हासिल गरिन् जबकि दोस्रो सेटमा अन्तिम तीन गेम जितिर खिताब झोलीमा हालिन्। यो उनको पहिलो ग्राण्ड स्ल्याम खिताब हो। यसअघि उनी २०१९-मा फ्रेञ्च ओपनको फाइनलमा पराजित भएकी थिइन्। यसरी नै ट्यूनिशियाकी खेलाड़ी जेब्यूर चाहिँ तेस्रोपल्ट ग्राण्ड स्ल्यामको फाइनला हारिन्।

About Author

Advertisement