गान्तोकः सिक्किम ड्रग यूजर्स फोरम (एसडीयूएफ) ले क्षयरोग उन्मूलनलाई ध्यानमा राख्दै क्षयरोग रोकथाम उपचार (टीपीटी) राज्यका पीएलएचआईभी तथा अन्य असुरक्षित समूहहरूका लागि पनि विस्तार गर्नुपर्ने वकालत गरेको छ। यसैगरी, फोरमले असुरक्षित समूहहरूको निम्ति टीपीटी कार्यक्रम पनि विकास गर्नुपर्ने सुझाउ सम्बन्धित निकायहरूलाई दिएको छ।
फोरमले शनिवार राजधानीमा संवादाताहरूको निम्ति क्षयरोग रोकथाम उपचारमाथि संवेदीकरण आयोजना गऱ्यो। फोरमका पदाधिकारीहरूले क्षयरोग उन्मूलनमा टीपीटीको महत्व अनि भूमिकामाथि प्रकाश पर्दै यसलाई अन्य असुरक्षित समूहहरूका लागि पनि विस्तार गरिनु पर्ने वकालत गरेको छ।
फोरमका समन्वयक छेवाङ ग्याछो शेर्पाले लेटेन्ट ट्यूबरक्लोसिस् इन्फेक्सन (एलटीबीआई) को समयमा उपचार गर्नु सकिए यसलाई सक्रिय टीबीमा परिणत हुनबाट रोकथाम गर्न सकिन्छ भनी बताए। उनले शरीर कमजोर हुॅंदा (कुपोषण, प्रतिरक्षा दमन, वृद्धावस्था) एलटीबीआई सक्रिय टीबीमा परिणत हुन सक्ने बताए। विशेष रूपमा राम्रो उपचारबाट वञ्चित एचआईभी संक्रमितहरूमा एलटीबीआई सक्रिय टीबीमा परिणत बन्ने धेरै सम्भावना रहने उनले बताए।
यस कारण टीबीले संक्रमित एचआईभी संक्रमितहरूको संख्या धेरै रहेको उनले स्पष्ट पारे। परिणामस्वरूप धेरै एचआईभी संक्रमितहरूको मृत्यु पनि टीबीका कारण भइरहेको उनले थप जानकारी गराए। यस कारण फोरमले टीपीटी एचआईभी संक्रमितहरूका साथै अन्य असुरक्षित समूहहरूका लागि पनि विस्तार गरिनु पर्ने मुद्दा उठाउॅंदै आइरहेको उनले बताए।
फोरमका सदस्य प्रशान्त शर्माले बताए अनुसार, वर्तमानमा टीबी उपचारको निम्ति छ महिना लामो औषधि सेवन गर्नुपर्छ। धैरेले विभिन्न कारणवश छ महिनासम्म कोर्स पूरा गर्दैनन् र रोग ठीक हुॅंदैन। तर, टीपीटी अन्तर्गत केवल तीन महिना (3एचपी) को कोर्स पूरा गरेर टीबीबाट छुटकारा पाउन सकिन्छ। यो सुविधा हालमा टीबी संक्रमित व्यक्तिहरूका परिवारका लागि मात्र उपलब्ध रहेको छ।
उनले 3एचपी अन्तर्गत क्षयरोगीहरूले अन्य बिरामीहरूले सरह घरमा बसेर सहजै औषधि सेवन गर्न सक्छन् भनी बताए। उनले यो सुविधा एचआईभी संक्रमित तथा अन्य असुरक्षित समूहहरूका लागि पनि लागू गरिनु पर्छ भनी सुझाउ राखे। उनले राज्यबाट टीबी उन्मूलनका लागि असुरक्षित समूहहरूको निम्ति पनि टीपीटी कार्यक्रम विकास गर्नुपर्छ भनी बताए। उनले यी विषयहरूलाई ध्यान राख्दै योजनाबद्ध तरिकाले काम गरेको खण्डमा सिक्किम देशकै पहिलो टीबीमुक्त राज्य बन्न सक्ने ठूलो सम्भावना रहेको बताए।
-हिस