पार्थको औंठी मामिलामा प्रेसीडेन्सी जेल अधीक्षकलाई नोटिस

00-1-Rajya-Samachar-13

कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा औंठी लगाएर भर्चुअल तरीकाले कोर्टमा पेश हुने पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीसित सम्बन्धित मामिलाको जाँचको क्रममा पुलिसले प्रेसीडेन्सी जेलका अधीक्षकलाई नोटिस पठाएको छ। उनलाई हेस्टिङ्ग्स पुलिस स्टेशन बोलाइएको छ।

पुलिस अनुसार, जेल अधिकारीहरूले जेल अधीक्षक देबाशीष चक्रवर्ती विरूद्ध पुलिसमा शिकायत दर्ता गराएका छन्। त्यसको आधारमा हेस्टिङ्ग्स पुलिसले उनी विरूद्ध मामिला दर्ता गरेका थिए। नियुक्ति मामिलामा कोर्टमा पेशी भएको समय पार्थले हातमा औंठी लगाएका थिए, जुन जेल कोड विरूद्ध हो। यसैलाई लिएर कोर्टको आदेशमा कारागार विभागका डीजीले लिखित शिकायत दर्ता गराएका थिए। त्यही मामिलामा जेल अधीक्षकसित सोधपुछ गरिनेछ।

हालमा जेल अधिकारीहरूले एक रिपोर्ट प्रस्तुत गरेका थिए र सुपर विरूद्ध हेस्टिङ्ग्स पुलिस स्टेशनमा शिकायत दर्ता गरिएको अदालतलाई सूचित गरेका थिए। पुलिसले यस मामिलामा जाँच शुरू गरेको छ। प्रेसीडेन्सी जेलका अधीक्षकलाई नोटिस पठाइएको छ। पुलिस अनुसार, जाँचमा सहायताको निम्ति उनलाई पुलिस स्टेशन जान र जाँच अधिकारीहरूसित भेट गर्नलाई भनिएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement