जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः डीएम इलेभेनको एकतर्फी जीत

IMG-20230715-WA0297.jpg

१५ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा डिस्ट्रिक्ट मेजिस्ट्रेट (डीएम) इलेभेनले सजिलै जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा शनिवार खेलिएको ग्रुप ए-को म्याचमा डीएम इलेभेनले च्यालेञ्जर स्पोर्टिंग क्लबलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट उर्गेन शेर्पा र कालु सुब्बाले २-२ गोल गरे। यसबाहेक बिमल देवानले १ गोल गरे। यसरी च्यालेञ्जर स्पोर्टिंग क्लबबाट एडेन लामाले १ गोल गरे। यस म्याचमा रेफरीको भूमिकामा रमेश राई रहेका थिए।

यसरी नै उज्ज्वल राई र जीवन छेत्री सहायक रेफरी रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement