दक्षिण २४ परगनाः राज्यमा पञ्चायत चुनाउलाई लिएर जारी हिंसा अहिलेसम्म रोकिएको छैन। अब दक्षिण २४ परगना जिल्लाको विष्णुपुरमा शुक्रवार राति तृणमूल कांग्रेसको एक कार्यकर्ताको गोली हिर्काएर हत्या गरियो। शनिवार बिहान प्राप्त जानकारी अनुसार, पुलिसले यस मामिलामा तीन जनालाई पक्राउ गरेको थियो।
स्थानीय र पुलिस सूत्रहरू अनुसार, मृत तृणमूल कार्यकर्ताको नाम प्रलय मण्डल थियो र पेशाले प्रमोटर थियो। प्राप्त जानकारी अनुसार, प्रलय शुक्रवार राति लगभग १० बजी विष्णुपुरको दक्षिण बागी क्षेत्रबाट बाइकमा घर फर्किरहेका थियो। स्थानीय मानिसहरूको दाबी छ, त्यही समय बदमाशहरूले उनीमाथि गोली चलाए औं उनी भुइँमा लड़े। अस्पताल लैजाने क्रममा डाक्टरहरूले उनलाई मृत घोषित गरे।
यस घटनापछि क्षेत्रमा पुलिसका साथै अर्धसैनिक बलहरूलाई पनि तैनात गरिएको छ। पुलिसले यस मामिलामा तीन जनालाई पक्राउ गरेको छ। खबर लेखिञ्जेलसम्म पुलिसले पक्रा परेका व्यक्तिहरूसित सोधपुछ गरिरहेको थियो।
-हिस