दार्जीलिङ। गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष विशाल छेत्रीलाई पार्टीबाट निलम्बित गरिएको छ। तिनी विरुद्ध पार्टीमा अनुशासनहीन रहेको तथा पार्टी विरोधी कार्य गरेको आरोप लगाउँदै गोजमुमो केन्द्रीय महासचिव रोशन गिरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्। अनुशासनहीन एवम् पार्टी विरोधी कार्य गरेकोमा पार्टीको उपाध्यक्ष पदमा रहेका विशाल छेत्रीलाई निलम्बित गरिएको हो।