हिमाचल प्रदेशमा महँगो भयो डिजल

IMG-20230715-WA0293.jpg

शिमला: हिमाचल प्रदेशमा डिजलको मूल्य बढ़ेको छ। राज्यमा कंग्रेस नेतृत्वाधिन सुखविन्दर सिंह सुक्खू सरकारले डिजलमाथि मूल्य वर्धित कर (भ्याट) तीन रुपियाँ प्रतिलीटर बढ़ाइदिएको छ। राज्य सरकारले डिजलमाथि भ्याट संशोधनको सम्बन्धमा अधिसूचना जारी गरेपछि हिजो आधा रातदेखि नै भ्याटमा वृद्धि लागू भएको छ।
अधिसूचनाअनुसार सरकारले डिजलमाथि भ्याट ९.९६ प्रतिशतदेखि बढ़ाएर १३.९ प्रतिशत प्रतिलीटर बनाएको छ। यस वृद्धिपछि पहिला भ्याट ७.४० रुपियाँ प्रतिलीटर थियो भने अब १०.४० रुपियाँ प्रतिलीटर भएको छ। यसले गर्दा राज्यमा प्रतिलीटर डिजलको मूल्य वर्तमान ८६ रुपियाँदेखि बढ़ेर ८९ रुपियाँ प्रतिलीटर पुगेको छ।
सुक्खू सरकारले ६ महिनाको अन्तरालमा डिजलमाथि भ्याट बढ़ाएको यो दोस्रो पटक हो। यसअघि यसै वर्षको ७ जनवरीमा डिजलमाथि तीन प्रतिशत भ्याट बढ़ाएको थियो। दिसम्बर २०२२ मा सुक्खू सरकार सत्तासिन हुँदा डिजलमाथि भ्याट ४.४० रुपियाँ प्रतिलीटर थियो भने अहिले बढ़ेर १०.४० रुपियाँ प्रतिलीटर भएको छ। सुक्खूले पदभार गरेपछि भनेका थिए, प्रदेशको वित्तीय अवस्था सही छैन, यसैले आर्थिक सुधारहरूको लागि उनको सरकारलाई कड़ा कदम उठाउन बाध्य हुनुपर्नेछ। वर्तमानमा हिमाचल प्रदेशमाथि ऋणको बोझ ७५ हजार करोड़ रुपियाँ पुगेको छ।
अर्कोतिर राज्यका मण्डी र कुल्लू जिल्लामा बाढ़ी अनि पैह्रोले गर्दा स्थिति अत्यन्त सोचनीय भएको छ। यस प्राकृतिक आपदमा कैयौं मानिसहरूले ज्यान गुमाइसकेका छन्। राज्य सरकारको प्रारम्भिक अनुमान अनुसार मनसूनको वर्षाले हिमाचल प्रदेशमा आठ हजार करोड़ रुपियाँको सम्पत्ति नोक्सान भएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement