बंगालका सबै जिल्लाहरूमा पानी पर्ने सम्भावना

00-1-Rajya-Samachar-13

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता समेत दक्षिण बंगाल र उत्तर बंगालका विस्तृत क्षेत्रमा सप्ताहान्तमा लगातार पानी पर्नेछ। अलीपुर स्थित मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फबाट शनिवार जारी बयान अनुसार, समुद्र तलमा बनेको निम्न दबावको कारण राजधानी कोलकाता समेत हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा लगातार पानी परिरहेछ।

गत २४ घण्टामा कोलकातामा २.२ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ। यसले गर्दा तापक्रममा हल्का ह्रास पनि दर्ता गरिएको छ। न्यूनतम तापक्रम २७.२ डिग्री सेल्सियस पुगेको छ, जुन सामान्य हो जबकि अधिकतम तापक्रम केवल ३३.८ डिग्री सेल्सियस छ, जुन सामान्यभऩ्दा एक डिग्री धेरै छ।

उत्तर बंगालको अलिपुरद्वार, कुचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पनि शनिवार साँझदेखि पानी पर्नु शुरू हुनेछ जुन आइतवार दिनभरि जारी रहनेछ। आगामी सातादेखि अझ् अधिक पानी पर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement