पञ्चायत चुनाउमा विजयी उम्मेदवारहरूको भविष्य हाई कोर्टको फसेलामाथि निर्भर

kolkatta-hc._662

कोलकाताः पश्चिम बंगाल राज्य चुनाउ आयोगले राज्यका सबै जिल्ला अधिकारीहरूलाई पत्र पठाएको छ। पत्रमा त्रिस्तरीय पञ्चायत चुनाउमा जित दर्ता गर्नेहरूको भविष्य कलकत्ता हाई कोर्टको निर्णयमाथि निर्भर रहने बताइएको छ।

हाई कोर्टले बुधवार चुनाउ हिंसासॅंग सम्बन्धित मामिलामा सुनवाई गर्दै परिणाम अघि आइहालेको भए तापनि हाम्रो निर्णयमाथि जित र हारको फसेला निश्चित हुनेछ भनी बताएको छ। आयोगले सबै जिल्ला अधिकारीहरूलाई पत्र पठाएको थाहा लागेको छ। जिल्ला अधिकारीहरूलाई हाई कोर्टमा चलिरहेको मामिलाको बारेमा अवगत गराउन लगाइएको छ।

कलकत्ता हाई कोर्टका मुख्य न्यायाधीश न्यायमूर्ति टीएस शिवगणनमको खण्डपीठको आदेशको उल्लेख गर्दै आयोगले पत्रमा जिल्ला अधिकारीहरूलाई सबै विजयी उम्मेदवारहरूले आयोगको प्रमाणपत्र प्राप्त गरेको भए तापनि अन्तिम निर्णय हाई कोर्टको आदेशमाथि निर्भर रहने कुरा जनाउन लगाइएको छ।

-हिस

About Author

Advertisement