सोनिया गान्धीको बेङलुरु रात्रिभोजमा ममता ब्यानर्जीको उपस्थितिको सम्भावना कम

00-1-Rajya-Samachar-13

कोलकाताः कांग्रेस नेता सोनिया गान्धीले १७ जुलाईमा बेङलुरुमा आयोजन गरेको रात्रिभोजमा प्रदेशकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिको सम्भावना कम नै छ। उक्त रात्रिभोजमा देशका प्रमुख विपक्षी नेताहरूलाई आमन्त्रित गरिएको छ। यसमा मुख्यमन्त्री ममता ब्यानर्जी पनि सामेल छन्।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले फोन गरेर ममता ब्यानर्जीलाई रात्रिभोजको निमन्त्रणा दिए। तर, ममताले उनको खुट्टामा चोट लागेको जनाउॅंदै आउन नसक्ने बताइन्। डाक्टसरहरूलाई उनलाई कम्तिमा एक महिना विश्राम गर्ने सल्लाह दिएको छ।

उल्लेखनीय छ, एसएसकेएम अस्पतालमा उनको घुॅंडाको सानो अपरेशन भएको छ। अर्कोतिर, वर्तमान समयमा कांग्रेस र तृणमूल कांग्रेसबीच सम्बन्ध त्यति राम्रो छैन। त्रिस्तरीय पञ्चायत चुनाउपछि दुवै दलबीच दूरत्व अझ बढ़ेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement