आयोजक सीबीवाईसी सजिलै विजयी

photocollage_2023715104310750.jpg

१५ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा आयोजक टीम सीबीवाईसी-ले सजिलै जीत हासिल गऱ्यो। शुक्रवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा सीबीवाईसी-ले एमएम तराईलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बिशाल विश्वकर्माले नवौं र १४औं मिनटमा २ गोल गरे। यसबाहेक बसन्तले १९औं र अभिनयले २७औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement