आयोजक सीबीवाईसी सजिलै विजयी

photocollage_2023715104310750.jpg

१५ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा आयोजक टीम सीबीवाईसी-ले सजिलै जीत हासिल गऱ्यो। शुक्रवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा सीबीवाईसी-ले एमएम तराईलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बिशाल विश्वकर्माले नवौं र १४औं मिनटमा २ गोल गरे। यसबाहेक बसन्तले १९औं र अभिनयले २७औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement