२०१७-को गोर्खाल्याण्ड आन्दोलनमा पक्रा परेकाहरू दार्जिलिङ जेलबाट रिहा

IMG-20230714-WA0345.jpg

दार्जिलिङ: गत २०१७ को गोर्खाल्याण्ड आन्दोलनकालको समय पक्रा परेकाहरू सातजना युवाहरू आज रिहा भएका छन्। ती सातजनामा क्रमैले सुरज प्रधान, श्याम कामी, देवराज लेप्चा, महेन्द्र कामी, फिरोज थापा, अश्विन गुरुङ अनि दावा शेर्पाले आज दार्जिलिङ अदालतबाट रिहा पाएका छन्।

यद्यपि अदालतले उनीहरुको याचिकामाथि सुनुवाई गर्दै कतिपय शर्तका साथ उनीहरुलाई जमानत दिएको छ। लगभग ६ वर्षदेखि उनीहरु जेल हिरासतमा थिए। ५००० रुपियाँको बाण्डमा उनीहरुले जमानत पाएका हुन्। यसैबीच अदालतले जबसम्म अदालतले यस मुद्दामाथि पूर्णतय निर्णय सुनाउँदैन तबसम्म आरोपीहरु दार्जिलिङ जिल्ला छोडेर कही कतैं जान नपाउने शर्त रहेको छ।

२०१७ को गोर्खाल्याण्ड आन्दोलनको समय पक्रा परेर विगत ६ वर्षदेखि जेलबन्दी जीवन बिताईरहेका सताजनालाई रिहाई गराउन अधिवक्ताद्वय प्रताप खाती र बन्दना राईले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement