भानु जयन्तीमा फुटबल प्रतियोगिता

IMG-20230714-WA0348.jpg

गान्तोक: नामथाङ रातेपानी निर्वाचन क्षेत्रअन्तर्गत तुरुङ माध्यामिक पाठशाला खेल मैदानमा २०९औं आदि कवि भानु जयन्ती कार्यक्रम भब्यताको साथमा पालन गरियो। कार्यक्रममा मुख्य अतिथिको रूप मा क्षेत्र विधायक तथा मन्त्री सञ्जीत खरेलको उपस्थिति रहेको थियो। दक्षिण जिल्ला जिल्ला पञ्चायत उपाध्क्षय बिकास तामाङ, सिक्किम ग्रामीण बिकास विभागका अतिरिक्त अधिकारी बिमल खरेल, दक्षिण जिल्ला युवा प्रकोष्ठ मुख्य संयोजक बसन्त योन्जन, उपसंयोजक हरुण सुब्बा, निर्वाचन स्तरीय सभापति आरएस तामाङ, जिल्ला पञ्चायत मिङमा डेन्डुप शेर्पा, अनिल शंकर. इन्द्र कुमारी कार्की साथै पञ्चायतगणर पाठशालाहरुको शिक्षक शिक्षिका, विध्यायर्थी. सहित्यप्रेमी भाषा प्रेमीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा तुरुङ माध्यामिक पाठशालामा आयोजित २०९ भानुभक्त जयन्ती समोरह आयोजक समितिद्धारा स्वागहत जनाइयो। कार्यक्रममा मुख्य अतिथिद्धारा भानु शालीगमा माला अर्पण र दिप प्रज्वलन गरे। मंन्त्रीद्धारा यस परिसरमा वृक्ष रोपन कार्यक्रमको पनि आयोजन गरेको थियो] कार्यक्रममा रामायाण पाठ, कविता पाठ, सांस्कृतिक नृत्यको प्रस्तुति भएको थियो। साथै लातेभकुण्डो प्रतियोगिता पनि सामेल गरिएको थियो। कार्यक्रम को मुख्य आकर्षण स्वार्गीय टीपी खरेल स्मारक लातेभकुण्डो प्रतियोगिताको समापन खेला रहेको थियो भने खेल रियल फरेन्डस फरऐभर एफीी.गान्तोक बनाम चाइलड हुड एफसी. नाम्चीमाझमा भीडन्त भएको थियो।

About Author

Advertisement