दिल्लीमा वर्षाको पानीमा नुहाउन गएका ३ बालबालिकाको डुबेर मृत्यु

00-1-Gurugram-copy

नयाँ दिल्ली: दिल्लीमा पानी जमेका कारण शुक्रबार दिउँसो ३ बजे मुकुन्दपुर चोकमा ठूलो दुर्घटना भएको छ। यहाँ वर्षाको पानीमा नुहाउन गएका ३ बालबालिकाको डुबेर मृत्यु भएको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ बालबालिकाको उमेर १४ देखि १५ वर्षको बीचमा रहेको छ। समाचारअनुसार मुकुन्दपुरको एक जमिनमा वर्षाको पानी भरिएको थियो। त्यसमा यी बालबालिका नुहाउन गएका थिए। डुबेका बालबालिकालाई बचाउन एक पुलिस जवानले पानीमा हामफाले पनि त्यतिन्जेलसम्म बालबालिकाको मृत्यु भइसकेको थियो।

दिल्ली सरकारले सबै सम्बन्धित जिल्ला मजिस्ट्रेटहरू, आई एण्ड एफसी विभाग, दिल्ली आपदा व्यवस्थापन, दिल्ली पुलिस र अन्य विभागहरू बाढीको सामना गर्न अलर्ट मोडमा रहेको जानकारी दिए। समन्वय निरन्तर भइरहेको छ। तराई क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यी क्षेत्रहरू पूर्ण रूपमा खाली गरिएको छ। बाढीको अवस्थाबारे जनतालाई जानकारी गराउन निरन्तर सूचना दिने काम भइरहेको छ। त्यस्ता ठाउँमा पुलिस र सीडीभी तैनाथ गरेर सल्लाह दिइरहेका छन्। मानिसहरूलाई नदीको पानीबाट टाढा रहन निर्देशन दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement